बिहीबार, कार्तिक १२,२०८३ 09:39:36
  • बिहीबार, कार्तिक १२,२०८३ 09:39:36
Global IME Bank Limited

एनपीएलमा आर्या फार्माल्याबको तीनवर्षे साझेदारी, प्रत्येक खेलमा खेलाडी र दर्शकलाई ७० हजार पुरस्कार

Bizshala
एनपीएलमा आर्या फार्माल्याबको तीनवर्षे साझेदारी, प्रत्येक खेलमा खेलाडी र दर्शकलाई ७० हजार पुरस्कार
New Office

काठमाडौं । आर्या फार्माल्याबले नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा नेपाल क्रिकेट संघ (क्यान)सँग तीन वर्ष सहकार्य गर्ने सम्झौता गरेको छ। स्थापनाको ३०औँ वर्षको अवसरमा कम्पनीले क्रिकेटमार्फत स्वास्थ्य सचेतना विस्तार गर्ने उद्देश्यसहित साझेदारी अघि बढाएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सहकार्यअन्तर्गत कम्पनीले प्रत्येक खेलमा दुई खेलाडी र एक दर्शकलाई गरी कुल ७० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ। उत्कृष्ट प्रदर्शन र खेलभावनालाई प्रोत्साहन गर्न दुई खेलाडीलाई ‘हेल्दी पार्टनरसिप अवार्ड’मार्फत जनही २५ हजार रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ। यस्तै प्रत्येक खेलमा एक दर्शकलाई २० हजार रुपैयाँको ‘हार्टबिट मुमेन्ट अफ द म्याच’ पुरस्कार दिइनेछ।

Garima Development Bank
Bizshala
IME remit

कम्पनीले एनपीएलका खेल सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्वास्थ्य परामर्श तथा परीक्षण कक्षसमेत सञ्चालन गरिरहेको जनाएको छ। खेल हेर्न आउने दर्शकलाई आधारभूत स्वास्थ्य परीक्षण, परामर्श र स्वस्थ जीवनशैलीसम्बन्धी जानकारी उपलब्ध गराउने यसको उद्देश्य छ।

मैदानमा स्वास्थ्य सचेतनामूलक कार्यक्रमसँगै मनोरञ्जन तथा खेलकुदसम्बन्धी गतिविधि पनि सञ्चालन भइरहेको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ। यी गतिविधिबाट दर्शकलाई आफ्नो स्वास्थ्यप्रति सचेत बनाउन र खेलसँग उनीहरूको सहभागिता बढाउन सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।

आर्याले आफ्नो तीन दशकको व्यावसायिक यात्रालाई सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य प्रवर्द्धनसँग जोड्दै एनपीएलसँगको सहकार्य अघि बढाएको जनाएको छ। क्रिकेटको लोकप्रियतामार्फत धेरै नागरिकसम्म स्वास्थ्यसम्बन्धी सन्देश पुर्‍याउन सकिने कम्पनीको विश्वास छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.