बाढी प्रभावित ऋणीलाई राहत, असोजको किस्ता पुससम्म सार्न सकिने
काठमाण्डौ । भोटेकोशी र बुढीगण्डकीको बाढीले कारोबार तथा आम्दानी प्रभावित भएका ऋणीलाई नेपाल राष्ट्र बैंकले कर्जा भुक्तानीमा सहुलियत दिएको छ । असोज मसान्तमा तिर्नुपर्ने साँवा र/वा ब्याजको किस्ता पुस मसान्तसम्म सार्न सकिने व्यवस्था गरिएको हो ।

