२०८३ को पहिलो कारोबार दिन ३३ अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजार बढ्ने सबै पक्ष सकारात्मक’
काठमाण्डौ । नयाँ वर्ष २०८३ सालको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २ अर्ब ६३ करोड ३१ लाख १ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४७ करोड ८० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक बढ्नेमा होटल तथा पर्यटन समूह रहेको छ । यो समूहको आज ३.१६...

