Bizshala
  • मंगलवार, चैत्र १०,२०८२ 06:44:51
Bizshala
Global IME Bank Limited

दोहोरो अंकले बढ्यो सेयरबजार, नयाँ सरकार गठनपछि उछाल आउन सक्ने विश्लेषकको प्रक्षेपण !

Hyundai Nepal
दोहोरो अंकले बढ्यो सेयरबजार, नयाँ सरकार गठनपछि उछाल आउन सक्ने विश्लेषकको प्रक्षेपण !
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३४१ कम्पनीको ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ८३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज १३ उपसूचकमध्ये ८ वटा समूहमा हरियाली छाएको छ भने ५ समूहमा रातो पोतिएको छ । सर्वाधिक बढ्ने समूहमा व्यापार समूह रहेको छ । यो समूहको आज ९.१२ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, बैंकिङ समूह ०.६७ प्रतिशत, विकास बैंक समूह १.३८ प्रतिशत, फाइनान्स समूह ०.५१ प्रतिशत, हाइड्रोपावर समूह १.३२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.११ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.८६ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.२५ प्रतिशतले बढेको छ ।  

आज घट्ने समूहहरुमा होटल तथा पर्यटन समूह ०.१७ प्रतिशत, जीवन बीमा समूह ०.३७ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.४६ प्रतिशत, निर्जीवन बीमा समूह ०.३८ प्रतिशत र अन्य समूह ०.१६ प्रतिशतले घटेको छ ।  

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘आज बजारमा अन्तिम समयसम्म सुधार देखिनुको मुख्य कारण भनेको पाजेटिभ न्युजको इफेक्ट हो । नयाँ सरकार गठन हुने समय नजिकिँदै जानु र हिजो अमेरिका–इजरायल र इरानबीचको युद्ध विराम हुने विषयले लगानीकर्ताहरु थप उत्साहित बन्न पुगेका छन्, फलस्वरुप आजपनि कारोबार रकम झण्डै १५ अर्बको हुन पुगेको छ । मार्केटको अवस्था हेर्दा सबै कुराहरु पोजेटिभ नै देखिन्छ, अब लगानीकर्ताहरु नयाँ सरकार गठन हुने प्रतिक्षामा छन् । बजारलाई यो चैत मसान्तको सामान्य दबाब पर्न सक्छ तर सरकारको आगमनले लगानीकर्ताहरु उत्साहित भएका कारण बजारलाई त्यति तल जान दिदैन । सम्भवतः नयाँ सरकार गठनपछि बजारमा एउटा उछाल आउने सम्भावना देखिन्छ ।’

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

सर्वाधिक कमाउने कम्पनी  

आज ८ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सालपा विकास बैंकको सेयरभाउ १० प्रतिशतले बढेर १८४८ रुपैयाँ १० पैसा पुगेको छ ।  

त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १० प्रतिशतले बढेर १६६३.८० रुपैयाँ पुगेको छ भने सोलू हाइड्रोपावरको सेयरभाउ ९.९९ प्रतिशतले बढेर ५८४.५० रुपैयाँ पुगेको छ ।  

यसका साथै हिमालयन पावर पार्टनरको ९.९८ प्रतिशत, भुजुङ्ग हाइड्रोपावरको ९.९८ प्रतिशत, होटल फरेस्ट इनको सेयरभाउ ९.९७ प्रतिशत, विशाल बजार कम्पनीको ९.९१ प्रतिशत, सिन्धु विकास बैंकको ९.९० प्रतिशत, अभियान लघुवित्तको ६.७० प्रतिशत र महुली लघुवित्तको सेयरभाउ ६.४८ प्रतिशतले बढेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक गुमाउने कम्पनी

आज सर्वाधिक गुमाउने कम्पनीमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त रहेको छ । कम्पनीको सेयरभाउ ६.५६ प्रतिशतले घटेर ९०९.२० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, मनकामना इन्जिनियरिङ हाइड्रोको ५.११ प्रतिशत, मेरो माइक्रोफाइनान्सको ४.५३ प्रतिशत, गरिमा डिबेञ्चर २०८५ को ३.९० प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ३.८१ प्रतिशत, मुक्तिनाथ डिबेञ्चरको ३.६३ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को २.९२ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरको २.३९ प्रतिशत, विन नेपाल लघुवित्तको २.०९ प्रतिशत र ११% महालक्ष्मी डिबेञ्चरको १.९२ प्रतिशतले घटेको छ ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.