गत वर्ष ३१% ले बढ्यो नेप्से, कस्तो रहला यो वर्ष ?
काठमाण्डौ। सेयर लगानीकर्ताहरुको लागि विसं २०८१ साल फलिफाप नै भएको छ । गत वर्ष समग्र सेयर बजार ३१ प्रतिशतले बढेको छ । वर्षको पहिलो कारोबार दिन अर्थात विसं २०८१ वैशाख २ गते नेप्से इन्डेक्स २ हजार ३१ को विन्दुमा रहेको थियो । यस बीचमा नेप्से परिसूचक साउन ३१ गते ३ हजार २ को विन्दुमा बन्द भएको थियो । तर वर्षको अन्तिम कारोबार अर्थात चैत ३१ गते नेप्से परिसूचक २ हजार ६६२ को विन्दुमा बन्द...