दोहोरो अंकले बढ्यो सेयरबजार, नयाँ सरकार गठनपछि उछाल आउन सक्ने विश्लेषकको प्रक्षेपण !
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३४१ कम्पनीको ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ८३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज १३ उपसूचकमध्ये ८ वटा समूहमा हरियाली छाएको छ भने ५ समूहमा रातो पोतिएको छ । सर्वाधिक बढ्ने समूहमा...

