एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र ग्रोथ फण्डको न्याभ बढ्यो
काठमाण्डौ । एनआईसी एशिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) बढेको छ। एनआईसी एशिया क्यापिटल लिमिटेड व्यवस्थापक रहेको एनआईसी एशिया ब्यालेन्स्ड फण्डको न्याभ साउन महिनामा १२.७१ रुपैयाँ र एनआईसी एशिया ग्रोथ फण्डको १३.६९ रुपैयाँ पुगेको छ । गत असार यी फण्डको न्याभ क्रमशः११ र ११.४७ रुपैयाँ थियो।...