काठमाण्डौ । एनआईसी एशिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) बढेको छ।
एनआईसी एशिया क्यापिटल लिमिटेड व्यवस्थापक रहेको एनआईसी एशिया ब्यालेन्स्ड फण्डको न्याभ साउन महिनामा १२.७१ रुपैयाँ र एनआईसी एशिया ग्रोथ फण्डको १३.६९ रुपैयाँ पुगेको छ । गत असार यी फण्डको न्याभ क्रमशः११ र ११.४७ रुपैयाँ थियो।
एनआईसी एशिया ब्यालेन्स्ड फण्डको लगानी साउनसम्म २३.०६ प्रतिशतले बढेको छ। गत असारसम्म ७० करोड ९३ लाख रुपैयाँ लगानी गरेको यो फन्डको साउन मसान्तसम्म लगानी बढेर ८७ करोड २९ लाख रुपैयाँ पुगेको छ ।
यस्तै एनआईसी एशिया ग्रोथ फण्डको लगानी पनि ७१ करोड ९२ लाख रुपैयाँबाट बढेर ९५ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
एनआईसी एशिया ब्यालेन्स्ड फण्डले साउन मसान्तसम्म सूचीकृत सेयरमा ५९ करोड ५१ लाख रुपैयाँ, सूचीकृत ऋणपत्रमा २१ करोड ७७ लाख, सूचीकृत नभएको सेयरमा ७९ हजार रुपैयाँ र मुद्दती निक्षेपमा ६० करोड रुपैयाँ लगानी गरेको छ।
यस्तै एनआईसी एशिया ग्रोथ फण्डले सूचीकृत सेयरमा ८१ करोड ८० लाख,सूचीकृत ऋणपत्रमा १२ करोड ५० लाख, सूचीकृत नभएको सेयरमा ७८ हजार र मुद्दती निक्षेपमा १२ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ ।
साउन मसान्तसम्म एनआईसी एशिया ब्यालेन्स्ड फण्डको जम्मा आम्दानी १४ करोड १ लाख र एनआईसी एशिया ग्रोथ फण्डको २२ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                