‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने म्याद थप
काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ । यो योजनाको इकाई खरिदका लागि भदौ २ गतेसम्म आवेदन दिने म्याद तोकिएको थियो । तर मागबमोजिम आवेदन प्राप्त नभएकाले आवेदन दिने म्याद थप गरिएको हो । अब यो योजनाको इकाई खरिदका लागि भदौ १२ गतेसम्म आवेदन दिन सकिने...