एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको आकार २ अर्बबाट बढाएर ४ अर्ब कायम
काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको योजनागत आकार २ अर्बबाट वृद्धि गरी ४ अर्ब रुपैयाँ कायम गरिएको छ।नेपाल धितोपत्र बोर्डले असार ३ गते उक्त योजना विस्तारका लागि स्वीकृति प्रदान गरेको हो। यससँगै फण्डको इकाई बाँडफाँड तथा बिक्री प्रक्रिया पुनः सञ्चालनमा आएको छ।

