बिहीबार, श्रावण १४,२०८३ 11:14:40
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:14:40
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया क्यापिटलको नवौंं वार्षिक साधारण सभा सम्पन्न,५०% नगद लाभांश पारित

एनआईसी एशिया क्यापिटलको नवौंं वार्षिक साधारण सभा सम्पन्न,५०% नगद लाभांश पारित
New Office

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा आज क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाण्डौमा सम्पन्न भएको हो ।  

सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।  

उक्त सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको ५० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त सभामा संचालक समितिको अध्यक्ष सन्तोष कुमार राठीले रु.२० करोड चुक्ता पूँजी भएको क्यापिटलले समीक्षा अवधिमा रु.३० करोड ६० लाखभन्दा बढी आम्दानी गरी रु.११ करोड ६४ लाखभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी गराए ।  

त्यसैगरी व्यवसायतर्फ असार मसान्त, २०८२ सम्म ८ लाख डिम्याट खाता खोल्न सफल भएको,म्युचुअल फण्ड सेवाअन्तर्गत ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ५ वटा योजनामार्फत रु.५ अर्व ४५ करोड भन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको समेत जानकारी गराए ।  

लगानी व्यवस्थापन सेवाअन्तर्गत ७२० जना ग्राहकहरुबाट रु.२ अर्व ७० करोड भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको, सेयर रजिष्ट्रार सेवाअन्तर्गत २३ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको तथा आईडिया टु आईपीओ’ सेवाअन्तर्गत १७ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको समेत उनले बताए ।  

साथै क्यापिटलले नवौं वार्षिक साधारण सभामा प्रस्ताव गरेको लाभांश सहित आफ्ना सेयरधनीलाई हालसम्म २९० प्रतिशत रिर्टन वितरण गर्न सफल भएको उनले सभालाई जानकारी गराए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.