बिहीबार, श्रावण १४,२०८३ 11:16:31
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:16:31
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया क्यापिटलद्वारा हितग्राही खाता र मेरो सेयरको सञ्चालन शुल्क बुझाउन आग्रह

एनआईसी एशिया क्यापिटलद्वारा हितग्राही खाता र मेरो सेयरको सञ्चालन शुल्क बुझाउन आग्रह
New Office

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया बैंक लिमिटेडले हितग्राही खाता र मेरो सेयरको सञ्चालन शुल्क बुझाउन आग्रह गरेको छ ।

कम्पनीका अनुसार एनआईसी एशिया क्यापिटल र क्यापिटलको अनलाइन सेवा, शाखा कार्यालयहरु तथा एनआईसी एशिया बैंकको शाखामार्फत २०८३ असार मसान्तसम्म हितग्राही खाता खोली कारोबार गर्ने सम्पूर्ण ग्राहकलाई हितग्राही खाता र मेरो सेयरको सञ्चालन शुल्क बुझाउन आग्रह गरिएको हो ।

ग्राहकहरुले हितग्राही खाता सञ्चालन तथा नविकरण गरेबापत रु.१०० अनिवार्य रूपमा बुझाउनुपर्नेछ। शुल्क नबुझाएमा सम्बन्धित हितग्राही खाता नवीकरण नहुने र खाता सञ्चालनमा अवरोध आउन सक्ने जनाइएको छ।

ग्राहकहरूले आफ्नो नजिकको एनआईसी एशिया क्यापिटल वा एनआईसी एशिया बैंकको शाखामा सम्पर्क गरी अथवा ई–सेवा, खल्ती तथा कनेक्ट आईपीएसमार्फत अनलाइन शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले निर्धारित समयभित्र वार्षिक नवीकरण शुल्क नबुझाएमा हितग्राही खाता फ्रिज हुन सक्ने चेतावनी दिएको छ। साथै शुल्क भुक्तानी र खाता नवीकरणको अवस्था कम्पनीको वेबसाइटमार्फत पनि हेर्न सकिने व्यवस्था गरिएको छ।

यसैबीच, कम्पनीले ग्राहकहरूलाई आफ्नो केवाईसी विवरण समयानुकूल अद्यावधिक गर्न पनि आग्रह गरेको छ। हितग्राही खाता, पोर्टफोलियो व्यवस्थापन सेवा , डाइनामिक डेब्ट फण्ड तथा इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किम अन्तर्गतका सेवाग्राहीले व्यक्तिगत विवरणमा परिवर्तन भएको अवस्थामा आवश्यक कागजातसहित केवाईसी अद्यावधिक गर्नुपर्ने कम्पनीको भनाइ छ।

त्यसैगरी, राष्ट्रिय परिचयपत्र नम्बरलाई अनिवार्य गरिएको जानकारी दिँदै कम्पनीले नयाँ हितग्राही खाता खोल्ने तथा पुरानो खाताको विवरण अद्यावधिक गर्ने सबै ग्राहकले राष्ट्रिय परिचयपत्र नम्बर र त्यसको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाएको छ। बालबालिकाको नाममा खाता खोल्ने वा अद्यावधिक गर्ने अवस्थामा समेत सम्बन्धित संरक्षकको राष्ट्रिय परिचयपत्र विवरण आवश्यक पर्ने उल्लेख गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.