काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । साउन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको १६० औं बैठकले आगामी भदौ १८ गते काठमाण्डौको थापाथलीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने तथा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको ५० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्र्नेे लगायतका प्रस्तावहरुमाथि छलफल गरि पारित गरिनेछ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                