मंगलवार, कार्तिक ३,२०८३ 02:21:43
  • मंगलवार, कार्तिक ३,२०८३ 02:21:43
Global IME Bank Limited

संस्थापक सेयर खरिदबिक्रीलाई सहज बनाउँदै एनआइसी एशिया क्यापिटल, ओएफएस प्ल्याटफर्म सञ्चालन

Bizshala
संस्थापक सेयर खरिदबिक्रीलाई सहज बनाउँदै एनआइसी एशिया क्यापिटल, ओएफएस प्ल्याटफर्म सञ्चालन
New Office

काठमाण्डौ । संस्थापक सेयर खरिदबिक्री प्रक्रिया झन्झटिलो मानिन्छ । नेप्सेमा सूचीकृत भएका वा नभएका कम्पनीको संस्थापक समूहतर्फको सेयर खरिद वा बिक्री गर्नुपरे कागजातको समस्यादेखि अनेकौ झन्झटिलो प्रक्रिया पुरा गनुपर्ने हुन्छ ।  

तर अब संस्थापक समूहको सेयर बिक्री तथा खरिद गर्न चाहाने लगानीकर्ताले यस्तो अवस्था भोग्नुपर्ने छैन । एनआइसी एशिया क्यापिटल लिमिटेडले ‘अफर फर सेल (ओएफएस)’प्ल्याटफर्म सञ्चालनमा ल्याएको छ ।  

क्यापिटलले धितोपत्रको दोश्रो बजारमा सूचिकृत भएका तथा नभएका कम्पनीहरुको संस्थापक शेयर खरिद बिक्री गर्न सहज गराउन यो प्ल्याटफर्म आजदेखि संचालनमा ल्याएको हो ।

क्यापिटलले विगत लामो समयदेखि आफ्नो मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत धितोपत्रको दोश्रो बजारमा सूचीकृत भएका तथा सूचिकृत नभएका कम्पनीहरुको संस्थापक सेयरधनीहरुको सेयर प्रचलित कानून वमोजिम खरिद गराइदिने सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सोही सेवालाई थप परिस्कृत गर्ने क्रममा नेपालमा सूचिकृत कम्पनीहरुको संस्थापक समूहको सेयर खरिद बिक्री गर्न निकै कानूनी प्रकृया पुरा गर्नुपर्ने देखिएको कम्पनीले जनाएको छ ।  

सूचिकृत नभएका पब्लिक कम्पनीहरूको संस्थापक समूहको सेयर समेत कारोबार गर्न निकै झन्झटिलो प्रकृया रहेको र लगानीकर्ताहरुले चाहेको समयमा खरिदकर्ता तथा विक्रीकर्ता नपाउँदा संस्थापक सेयरमा गरिएको लगानी फ्रिज भएर बसेको गुनासो लगानीकर्ताहरुबाट बारम्बार सुनिने गरेको हुँदा सस्थापक सेयर खरिद विक्रीको लागि ‘वन स्टप सोलुसन’ उपलब्ध गराउने मुख्य उद्देश्यका साथ क्यापिटलले यो सेवा सञ्चालनमा ल्याएको हो ।  

जस अन्तर्गत क्यापिटलले संस्थापक समूहको सेयर बिक्री तथा खरिद गर्न चाहने लगानीकर्ताहरुलाई अनलाईन मार्फत ‘कमन प्ल्याटफर्म’ बाट आफूले खरिद बिक्री गर्न खोजेको कम्पनीको विवरण रितपूर्वक क्यापिटलको वेभसाईट मार्फत उपलब्ध गराउनु पर्ने क्यापिटलका सीइओ रमेन्द्र रायमाझीले बताए ।  

उक्त विवरणको आधारमा क्यापिटलले सम्बन्धित कम्पनीको सेयर खरिदकर्ता वा बिक्रीकर्ता खोजि प्रचलित नियम कानून अनुसार सेयर नामसारी सम्बन्धी आवश्यक प्रकृया अगाडी बढाउने उनले बताए ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

ओएफएस प्ल्याटफर्मका विशेषताहरु  

सहज बिक्री प्रकृया

संस्थापक समूहको सेयर बिक्री गर्न चाहने सम्बन्धित सेयरधनीहरुले क्यापिटलको वेभसाईटमा माग गरे बमोजिमको विवरण रितपुर्वक भरे पश्चात् उक्त विवरणको आधारमा सम्बन्धित कम्पनीको सेयर खरिदकर्ता खोजिदिने कार्य क्यापिटलले गर्नेछ  ।  

सहज खरिद प्रकृया

कुनै पनि कम्पनीको संस्थापक समूहको सेयरमा लगानीकर्ताहरुलाई सो को विवरण उपलब्ध गराए पश्चात् क्यापिटलले उक्त कम्पनीको सेयर खोजि दिने कार्य गर्नेछ ।

सुरक्षित र गोपनियता कायम रहने  

सम्बन्धित सेयर खरिदकता तथा विक्रीक्तांको विवरण अति सुरक्षित तथा गोपनियता कायम हुने गरी प्राप्त विवरण सम्बन्धित अधिकारीले आवश्यक अध्ययन गरेर सेयर खरिद बिक्री सम्बन्धी आवश्यक प्रकृया अगाडी बढाउनेछ ।

सहज र सर्वसुलभ

सम्बन्धित व्यक्ति तथा संस्थाहरुले आफुले खरिद बिक्री गर्न चाहेको सम्बन्धित कम्पनीको विवरण सहजै रुपमा स्वदेश तथा विदेशको जुन सुकै स्थानबाट पनि सहज र सर्वसुलभ रुपमा अनलाईन मार्फत विवरण उपलब्ध गराउन सक्नेछ ।  

खरिद बिक्री मूल्य निर्धारण गर्नको लागि भ्यालुएस रिर्पोट उपलब्ध गराइने

सम्बन्धित कम्पनीको भ्यालुएसन गरेर संस्थापक समूहको सेयरको खरिद बिक्री गर्नको लागि उचित प्रतिसेयर खरिद बिक्री मूल्य निर्धारण गर्न सहयोग गर्ने ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.