काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले ग्राहक पहिचान(केवाईसी)अद्यावधिक गर्न आग्रह गरेको छ । क्यापिटलको शाखा कार्यालयहरु तथा एनआईसी एशिया बैंकका शाखा कार्यालयहरु मार्फत २०८१ चैत मसान्तसम्म हितग्राही खाता खोली धितोपत्रसम्बन्धी कारोबार गरिरहेका खातावालाहरुले उक्त हितग्राही खाता खोल्ने समयमा उपलब्ध गराएको विवरणसँग हालको विवरण परिवर्तन वा थप भएमा यथाशिघ्र एनआईसी एशिया क्यापिटल वा क्यापिटलका शाखा कार्यालयहरुमा सम्पर्क गरी केवाईसी अद्यावधिक गर्न आग्रह गरिएको छ ।
केवाईसी अद्यावधिक गर्ने प्रयोजनको लागि आवश्यक ग्राहक पहिचान फारम क्यापिटलको वेबसाईटबाट डाउनलोड गरी प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ ।
साथै, यस क्यापिटलबाट लगानी व्यवस्थापन (पीएमएस) सेवा लिएका ग्राहकहरुले उक्त सेवा लिने समयमा उपलब्ध गराएको विवरणसँग हालको विवरण परिवर्तन भएमा क्यापिटलको केन्द्रीय कार्यालय ट्रेड टावर नेपाल, थापाथली तथा एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड (खुलामुखी योजना) को इकाई खरिद गरेका इकाईधनीहरुको हकमा उक्त योजनाको इकाई खरिद गर्ने समयमा उपलब्ध गराएको विवरणसँग हालको विवरण परिवर्तन भएमा सम्बन्धित निक्षेप सदस्य कम्पनी मार्फत आफ्नो केवाईसी अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ ।