काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ४ वटा म्युचुअल फण्डको बुक क्लोज मिति तय गरिएको छ ।
एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईसी एशिया सेलेक्ट ३०,एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड,एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको हो।
योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले यी ३ वटै योजनाका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ आगामी भदौ २८ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ भदो २७ गतेभित्र कायम इकाइधनीहरु मात्र यी योजनालाई घोषित प्रतिफल पाउन योग्य हुनेछन्।
क्यापिटलले एनआईसी एशिया सेलेक्ट ३० का लागि १४ प्रतिशत,एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका लागि १०.५० प्रतिशत,एनआईसी एशिया ग्रोथ फण्डका लागि ९.५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्डका लागि ९.२५ प्रतिशत (कर सहित) प्रतिफल प्रदान गर्ने निर्णय गरेको छ । यी सबै म्युचुअल फण्ड बन्दमुखी योजना हुन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                