आईतवार, बैशाख ६,२०८३ 02:08:40
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 02:08:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गैर–आवासीय नेपालीका लागि एनआइसी एशिया क्यापिटलले ल्यायो ‘डायस्पोरा खाता’, यस्ता छन् विशेषता

Bizshala
गैर–आवासीय नेपालीका लागि एनआइसी एशिया क्यापिटलले ल्यायो ‘डायस्पोरा खाता’, यस्ता छन् विशेषता
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले ‘डायस्पोरा खाता’सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले ‘वन स्टप सोलुसन’ सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ डायस्पोरा खाता सेवा सञ्चालनमा ल्याएको हो ।  

गैर–आवासीय नेपाली तथा नेपाल बाहिर बसेर नेपालमा आफ्नो व्यवसाय स्थापना वा विस्तार गर्न चाहने उद्यमी÷लगानीकर्ताहरूका लागि यो खाता सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । नेपाल बाहिर बसेर व्यवसाय स्थापना वा विस्तार गर्ने क्रममा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु क्यापिटलमार्फत गर्न सकिने व्यवस्था यो खाताको विशेषता रहेको क्यापिटलले जनाएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उक्त सेवाले लगानीकर्ताहरुलाई एकिकृत रुपमा वित्तीय, कानूनी र कम्पनी सञ्चालनको क्रममा आवश्यकता अनुसारको सम्पूर्ण सहयोग गर्ने क्यापिटलका सीओओ प्रज्ञरत्न शाक्यले बताए ।

यो सेवा विषेश रुपमा नेपालमा आर्थिक वृद्धिलाई बढावा दिँदै गैर–आवासीय नेपालीहरू र नेपाल बाहिर बसोबास गर्ने नेपालीहरू लगायत विश्वभर छरिएर बसोवास गरिरहेका नेपालीहरुलाई नेपालमा व्यापार व्यवसाय स्थापना तथा सञ्चालन गर्नको लागि सहजिकरण गर्नका लागि क्यापिटलले यो खाता सञ्चालनमा ल्याएको शाक्यले बताए ।  

CG Motors
Garima Development Bank
IME remit

डायस्पोरा खाता सेवाको मुख्य विशेषताहरुः

लन्च प्याड (स्टार्टअप आवश्यक) :कम्पनी दर्ता, कम्पनीको मूल्याइन, कानुनी तथा अनुपालन र आवश्यक लगानी रकम संकलन गरिदिने ।

ग्रोथ क्याटालिस्ट (व्यवसाय विस्तारः इक्विटी लगानी, इक्विटी÷उद्यम पूँजी व्यवस्थापन, वित्तीय विश्लेषण र विदेशी प्रत्यक्ष लगानी सम्बन्धमा परामर्श ।

क्यापिटल एज (बजार पहुँच): निष्कासन तथा बिक्री प्रबन्धक, आरटीए/आरटीएस सेवाहरू, पूंजी सङ्कलन र नियामक निकायले तोके बमोजिमको कार्यसम्पादन ।  

इनसाइट३६० (परामर्श सेवाः वित्तीय विश्लेषण, कम्पनी मूल्याइन, इक्विटी लगानी र व्यवसाय संचालनमा आवश्यक परामर्श ।

परामर्श किन लिने: डायस्पोरा संग सम्बन्धित सम्पूर्ण विषयम ‘वन स्टप सोलुसन’ ।  

सम्बन्धित क्षेत्रमा लामो अनुभव भएका व्यक्तित्वहरु मार्फत सेवा उपलब्ध ।

कम्पनी स्थापना वा विस्तार, आइपीओ निष्काशन गर्नेदेखि धितोपत्रको दोश्रो बजारमा सूचीकरण गरी शेयरधनी विवरण अद्यावधिक गरी राख्ने सम्मको कार्य एकिकृत रुपमा लिन सकिने ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.