काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासनको तयारी गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापूँजी पुर्याउन रु.१०० अंकित दरका ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद निष्कासन गर्न एनआईशी एशिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
कम्पनी र क्यापिटलबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।
हाल प्रभु इन्स्योरेन्स कम्पनीले ६० भन्दा बढी शाखा तथा उप–शाखा कार्यालयबाट निर्जीवन बीमा व्यवसाय गर्दै आई रहेको छ ।