काठमाण्डौ । एनआईसी एशिया सेलेक्ट ३० को इकाईमूल्य समायोजन भएको छ ।
एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट ३० का इकाईधनीहरुलाई घोषणा गरिएको १४ प्रतिशत नगद लाभांशका इकाईमूल्य समायोजन भएको हो ।
नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात फण्डको प्रति इकाई मूल्य ९.८५ रुपैयाँ कायम भएको छ ।
फण्डको अन्तिम कारोबार मूल्य प्रतिइकाई ११.२५ रुपैयाँ कायम थियो । लाभांश वितरण प्रयोजनका लागि यो फण्डको बुक क्लोज आज हुँदैछ । यसर्थ भदौ २७ गतेसम्म कायम ईकाईधनीहरु मात्रै यो फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।