एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको नगद लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा
काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’का इकाईधनीहरुलाई प्रतिफल वितरण गरिएको छ । एनआईसी एशिया बैंक कोष प्रवर्द्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईसी एशिया डाईनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई गत आव २०८०/८१ का लागि घोषणा गरिएको १० प्रतिशत(करसहित) नगद लाभांश वितरण गरिएको हो ।