यती एअरलाईन्स आईपीओको तयारीमा, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त
काठमाण्डौ । नेपालको निजी हवाई सेवा क्षेत्रमा लामो समयदेखि सक्रिय Yeti Airlines ले सर्वसाधारणका लागि साधारण शेयर(आईपीओ) निष्कासनको तयारी अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि NIMB Ace Capital Limited लाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

