उच्च दाबी भुक्तानीको भारले निर्जीवन बीमकहरुको रिर्टन क्षमता घट्न सक्ने
काठमाण्डौ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण पुगेको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा अर्बौ रकमको बीमा दाबी परेको छ । अस्वभाविक दाबी भुक्तानीको दायित्वका कारण निर्जीवन बीमा कम्पनीहरुले ठूलो रकम तिर्नुपर्ने देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमकहरुमा असोज २३ गतेसम्ममा २३ अर्ब २२ करोड रुपैयाँ भन्दा बढीको दाबी परेको छ । जसमा बीमा कम्पनीहरुले १...