क्रिकेटको जोशमा संगीतको ऊर्जा, ‘एक्स्ट्रिम एन्थम’ सार्वजनिक
काठमाण्डौ । नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण सुरु हुनुअघि एक्स्ट्रिम इनर्जी ड्रिंकले क्रिकेटको उत्साहलाई संगीतसँग जोड्दै ‘एक्स्ट्रिम एन्थम’ सार्वजनिक गरेको छ।मैदानमा ब्याट र बलबीच हुने रोमाञ्चक प्रतिस्पर्धा, चौका–छक्कासँगै गुञ्जिने दर्शकको हुटिङ र आफ्नो टोलीको जितका लागि धड्किने समर्थकको भावनालाई गीतमार्फत प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।हरेक बलसँग...

