करोडौंको कारोबार तान्दै एनपीएल, विजेतालाई डेढ करोड र नेपाली क्रिकेटलाई नयाँ व्यावसायिक उचाइ
काठमाण्डौ । कीर्तिपुरको मैदानमा सोमबारदेखि आठ टोलीबीच उपाधिको प्रतिस्पर्धा सुरु हुँदैछ। तर नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको आकर्षण चौका–छक्का र जितहारमा मात्र सीमित छैन। बढ्दो पुरस्कार राशि, प्रायोजन, प्रसारण अधिकार र फ्रेन्चाइजको लगानीले नेपाली क्रिकेटको व्यावसायिक आकारसमेत विस्तार गरिरहेको छ।

