प्रतिघण्टा 104 किमि स्पिड दिने TVS NTORQ 150 नेपालमा सार्वजनिक
काठमाण्डौ । नेपालका लागि TVS Motor Company को आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले धरानमा नयाँ TVS NTORQ 150 सार्वजनिक गरेको छ।बिपुल क्षेत्रीको कन्सर्टका बीच सार्वजनिक गरिएको उक्त स्कुटरलाई कम्पनीले नेपालको पहिलो 150cc ‘Hyper Sport Scooter’ का रूपमा प्रस्तुत गरेको छ। कार्यक्रममा TVS प्रेमी, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, डिलर तथा अतिथिहरूको सहभागिता रहेको थियो।TVS NTORQ 150 को औपचारिक अनावरण गायक बिपुल...

