काठमाण्डौ । नेपालका लागि TVS Motor Company को आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले धरानमा नयाँ TVS NTORQ 150 सार्वजनिक गरेको छ।
बिपुल क्षेत्रीको कन्सर्टका बीच सार्वजनिक गरिएको उक्त स्कुटरलाई कम्पनीले नेपालको पहिलो 150cc ‘Hyper Sport Scooter’ का रूपमा प्रस्तुत गरेको छ। कार्यक्रममा TVS प्रेमी, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, डिलर तथा अतिथिहरूको सहभागिता रहेको थियो।
TVS NTORQ 150 को औपचारिक अनावरण गायक बिपुल क्षेत्री, पारस अटोमोबाइल–TVS इटहरीका प्रबन्ध निर्देशक पौरख लुइँटेल र जगदम्बा मोटर्सकी सिनियर मार्केटिङ म्यानेजर करुणा पुडासैनीले संयुक्त रूपमा गरेका थिए।
स्कुटरमा 149.7cc air-cooled O3CTech इन्जिन रहेको छ, जसले 7,000 rpm मा 13.2 PS पावर र 5,500 rpm मा 14.2 Nm टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ। यसले 0 देखि 60 किलोमिटर प्रतिघण्टाको गति 6.3 सेकेन्डमा हासिल गर्न सक्ने र अधिकतम गति 104 किलोमिटर प्रतिघण्टा रहेको छ।
Stealth aircraft बाट प्रेरित डिजाइन रहेको NTORQ 150 मा MULTIPOINT® projector headlamps, aerodynamic winglets, jet-inspired vents, coloured alloy wheels, naked motorcycle-style handlebar र T-shaped tail lamp लगायतका विशेषता समावेश छन्।
यसमा TVS SmartXonnect™ प्रविधिसहित 50 भन्दा बढी connected features उपलब्ध छन्। turn-by-turn navigation, last parked location, call तथा message notifications र ride modes लगायतका सुविधा स्कुटरमा समेटिएका छन्।
सुरक्षाका लागि Single Channel ABS, traction control, hazard lamps र follow-me headlamps दिइएको छ। साथै telescopic suspension, adjustable brake levers, patented E-Z centre stand र 22-litre under-seat storage पनि उपलब्ध छन्।
जगदम्बा मोटर्सकी सिनियर मार्केटिङ म्यानेजर करुणा पुडासैनीले NTORQ ले नेपालका युवा राइडरमाझ performance, technology र design का कारण बलियो पहिचान बनाएको बताइन्। NTORQ 150 मार्फत उक्त विरासतलाई अझ शक्तिशाली रूपमा अघि बढाइएको उनको भनाइ छ।
TVS NTORQ 150 Stealth Silver, Racing Red र Turbo Blue गरी तीन रंगमा उपलब्ध छ। यसको प्रारम्भिक मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ। स्कुटर नेपालभर जगदम्बा मोटर्सका डिलरसिपमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।