सन् २०२५ सम्म दैनिक २.२ मिलियन ब्यारेल तेल उत्पादन कटौती गर्ने ओपेक प्लसको सहमती
काठमाण्डौ । पेट्रोलियम उत्पादक तथा निर्यातकर्ता देशहरु र यसका साझेदारहरुको संस्था, ओपेक प्लसले तेल उत्पादन कटौती सन् २०२५ सम्मका लागि लम्ब्याउने सम्झौता गरेको छ । ओपेक प्लसले सन् २०२५ सम्म दैनिक २.२ मिलियन ब्यारेल कच्चा तेल स्वेच्छाकारी रुपमा कटौती गर्ने सम्झौता गरेको हो । गत वर्षको डिसेम्बरमा भएको सम्झौता यो महिनामा समाप्त हुँदैछ । सन् २०२२ र २३ मा दैनिक ३.६६ मिलियन...