आईपीओ निष्कासनको तयारीमा ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनी
काठमाण्डौ । ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ८ औं साधारण सभा डाकेको हो ।