जेलबाट जीवित फर्किन नसक्ने इमरान खानको आशंका, यातनाले स्वास्थ्य बिग्रिएको दाबी गर्दै तत्काल उपचारको माग
काठमाण्डौ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले कारागारमा आफूमाथि भइरहेको कथित यातना र उपचारको अभावका कारण आफ्नो ज्यान नै जोखिममा परेको दाबी गरेका छन्। जेलबाट जीवित फर्किन नसक्ने अवस्था सिर्जना भएको भन्दै उनले तत्काल प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गरेका हुन्।७४ वर्षीय खानले आफ्ना कानुन व्यवसायी सलमान सफदरमार्फत सार्वजनिक गरेको पत्रमा आफू र...

