रसुवा बाढीको अर्को ठूलो प्रहार: विद्युत गृहदेखि २२० केभी सबस्टेसनसम्म क्षति, आपूर्ति अवरुद्ध
काठमाण्डौ । रसुवामा बुधबार आएको भीषण बाढीले ऊर्जा पूर्वाधारमा समेत गम्भीर क्षति पुर्याएको छ। बाढीका कारण नेपाल विद्युत प्राधिकरणअन्तर्गतका जलविद्युत गृह, प्रसारण तथा वितरण संरचना प्रभावित हुँदा रसुवा र आसपासका केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ।नेपाल विद्युत प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्रसँग सम्बन्धित...

