विद्या भण्डारी एमालेको ‘सम्मानित वरिष्ठ नेता’, बादलको वरीयता एक तह तल
काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ‘सम्मानित वरिष्ठ नेता’ बनेसँगै पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को वरीयताक्रम एक तह तल झरेको छ।बिहीबार बसेको एमाले सचिवालय बैठकले भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव गरेको थियो। सोही दिन बसेको केन्द्रीय कमिटी बैठकले उक्त प्रस्ताव अनुमोदन गरेपछि पार्टीको वरीयतामा नयाँ क्रम कायम भएको...

