एमसीसीअन्तर्गत २९७ किमि प्रसारण लाइन र दुई सबस्टेशन निर्माण शुरु
काठमाण्डौ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल) ले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत रातमाटे र नयाँ दमौली सबस्टेशन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माणको औपचारिक शुभारम्भ गरेको छ।यो आयोजना अमेरिकी सहयोग संस्था एमसीसीको ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा निर्माण हुँदैछ।

