विपद्मा न्याय रोकिँदैन, डिजिटल पूर्वाधार बलियो बनाउन प्रधानन्यायाधीशको जोड
काठमाण्डौ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संकट तथा प्राकृतिक विपद्का समयमा समेत न्यायपालिकाको कामकारबाही निरन्तर राख्न बलियो र सुरक्षित डिजिटल पूर्वाधार आवश्यक रहेको बताएका छन्।सोमबार काठमाडौंमा आयोजित इन्टरनेट गभर्नेन्ससम्बन्धी क्षेत्रीय मञ्चलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश शर्माले आधुनिक न्याय प्रणालीलाई सुरक्षित, विश्वसनीय र समावेशी बनाउन...

