दशैंको भान्सामा पक्कुको बास्ना: स्वादको रहस्य मसलामा मात्रै होइन, पकाउने धैर्यमा
–रविन ठकुरी काठमाण्डौ । भान्सामा बिस्तारै भुटिँदै गरेको खसीको मासु, तातेको घिउ वा तोरीको तेलमा फुरेका मसलाको बास्ना अनि परिकार तयार हुने प्रतीक्षामा बसेका परिवारका सदस्य। दशैंको खानपान सम्झँदा धेरैको मनमा आउने यस्तै दृश्यसँग जोडिएको परिकार हो- पक्कु।दशैंमा खसीको मासुका अनेक परिकार पाक्छन्। तर, कम झोल भएको, मसलाले राम्ररी ढाकिएको र बिस्तारै पकाइएको पक्कुको स्वाद बेग्लै...

