भारतीय कम्पनीको हातमा ४७ सय मेगावाटका जलविद्युत् आयोजना, निर्माणमा भने सुस्तता
काठमाण्डौ । नेपालका करिब ४ हजार ७ सय मेगावाट उत्पादन क्षमताका सात ठूला जलविद्युत् आयोजना भारतीय सरकारी तथा निजी कम्पनीको जिम्मामा पुगेका छन्। तर यति ठूलो क्षमताका आयोजनामध्ये अहिले एउटा मात्रै निर्माणाधीन अवस्थामा छ।भारतीय कम्पनीको जिम्मामा रहेका आयोजनामध्ये ९ सय मेगावाट क्षमताको अरुण–३ मात्रै निर्माण भइरहेको छ। सन् २०१८ बाट निर्माण सुरु भएको यो आयोजना पनि तोकिएको...

