आजदेखि चीनको छेन्दुबाट पोखरामा नियमित उडान हुँदै
काठमाण्डौ । आजदेखि चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान हुन लागेको हो । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले आजदेखि यस्तो उडान गर्नेछ ।