प्रभु बैंकले लाभांश नदिने, सेयरधनीलाई देखायो रित्तो हात
काठमाण्डौ । प्रभु बैंकले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको गत माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।