सुनको भविष्यबारे विश्व विभाजित: कसको अनुमान सही ठहरिएला ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य पछिल्लो समय तीव्र उतारचढावमा छ । मध्यपूर्व तनाव केही मत्थर हुनु, अमेरिकी ब्याजदर अझै उच्च रहने आशंका र डलर मजबुत बन्दा बहुमूल्य धातुमा अल्पकालीन दबाब देखिएको छ । तर, अधिकांश ठूला बैंक, कमोडिटी विश्लेषक र बजार प्लेटफर्महरूले सुन–चाँदीको दीर्घकालीन यात्रा अझै उकालोतर्फ नै रहेको संकेत गरेका छन् ।रोयटर्सका अनुसार मंगलबार...

