जीवन बीमा कम्पनीहरूको नाफा १०.५३% ले घट्यो, सिटिजन लाइफको नाफा सर्वाधिक वृद्धि
काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को असारको अन्त्यसम्म सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.५३ प्रतिशतले घटेको छ। उपलब्ध तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीको कुल खुद नाफा ५ अर्ब ४४ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको असारसम्म यी कम्पनीहरूको कुल खुद नाफा ६ अर्ब ८ करोड ६१ लाख रुपैयाँ थियो।नाफाका आधारमा...

