पूँजीबजारको दबाबले म्युचुअल फण्ड थलिए, नाफा घट्यो र लगानी खुम्चियो
काठमाण्डौ । नेपालको पूँजीबजारमा अपेक्षित सुधार नआउँदा सामूहिक लगानी कोष (म्युचुअल फण्डहरु)को नाफा प्रभावित देखिएको छ । कमजोर बजार प्रदर्शन, सूचीकृत कम्पनीहरुको मूल्यमा आँएको दबाब तथा नेट एसेस भ्यालु (न्याभ)मा आएको कमीका कारण सबै फण्डको प्रतिफल समेत प्रभावित भएको हो । फण्डहरुले प्रकाशित गरेको असार मसान्तसम्मको वित्तीय विवरणअनुसार सबै फण्डको नाफा प्रभावित देखिएको छ ।...

