इन्धनको मूल्य बढेपछि फेरी सार्वजनिक यातायातको भाडा बढाउन माग
काठमाण्डौ । इन्धनको मूल्य वृद्धिपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा बढाउन माग गरेको छ । महासंघले प्रेस विज्ञप्ति जारी गर्दै इन्धनको मूल्य वृद्धि भएको अवस्थामा सार्वजनिक यातायातको भाडादर पनि बढाउन माग गरेको छ । साथै भाडा नबढाउने अवस्थमा महासंघले इन्धनको मूल्य वृद्धि फिर्ता गरिनुपर्ने समेत माग गरेको छ ।

