काठमाण्डौ । बागमती प्रदेश सरकारले काठमाडौँ उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरेको छ।
प्रदेशको भाडा निर्धारण समितिको सिफारिसअनुसार उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सवारीको भाडा २५.९६ प्रतिशतले वृद्धि गरिनेछ भने उपत्यकाबाहिर चल्ने सवारीको भाडा १७.३५ प्रतिशतले बढाइने तयारी गरिएको छ।
हाल काठमाडौँ उपत्यकाभित्र चल्ने सवारी साधनको न्यूनतम भाडा १९.५० रुपैयाँ र अधिकतम ३७.४० रुपैयाँ रहेकोमा अब न्यूनतम भाडा ५ रुपैयाँले बढेर २४.५० रुपैयाँ पुग्नेछ।
त्यसैगरी अधिकतम भाडा १० रुपैयाँले वृद्धि भई ४७ रुपैयाँ कायम हुने भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।