कांग्रेसको देउवा समूहमा प्रवेश गरे दीपक मनाङे, मनाङको महाधिवेशन संयोजकको जिम्मेवारी
काठमाण्डौ । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहमा प्रवेश गरेका छन्।मंगलबार देउवा समूहको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले मनाङेलाई समूहमा स्वागत गरेका हुन्। कोइरालाको सचिवालयका अनुसार मनाङेलाई आगामी महाधिवेशनका लागि मनाङ जिल्लाको संयोजकको जिम्मेवारीसमेत दिइएको छ।कांग्रेसको...

