भोटेकोशी बाढीपछिको पुनर्लाभ र पुनर्निर्माणमा साझेदार संस्थालाई एकीकृत रूपमा परिचालन गरिने
काठमाण्डौ । रसुवा–भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा तत्काल पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई तीव्र र समन्वित रूपमा अघि बढाउने विषयमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्यमञ्च (NPDRR) को बैठकमा विस्तृत छलफल भएको छ।मंगलबार बसेको कार्यमञ्चको बैठकमा बाढीपछिको खोज, उद्धार तथा राहतमा हालसम्म भएका कामको समीक्षा गर्दै अबको प्राथमिकता पुनर्लाभ,...

