रसुवा बाढीपछि राष्ट्रपतिको अपिल– उद्धार र राहतमा सबै पक्ष तत्काल जुटौं
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा र नुवाकोट क्षेत्रमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन सरकारसहित सबै पक्षलाई आग्रह गरेका छन्।राष्ट्रपति पौडेलले सरकार, राजनीतिक दल, सामाजिक संघ–संस्था, सुरक्षा निकाय तथा आम नागरिकलाई विपद्को यस घडीमा समन्वय गर्दै उद्धार र राहतमा सक्रिय रूपमा जुट्न अनुरोध गरेका...

