बिहीबार, आश्विन २२,२०८३ 01:54:51
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 01:54:51
Bizshala
Global IME Bank Limited

रसुवा बाढीपछि राष्ट्रपतिको अपिल– उद्धार र राहतमा सबै पक्ष तत्काल जुटौं

सरकार, राजनीतिक दल, सामाजिक संघ–संस्था र आम नागरिकलाई उद्धारमा सक्रिय हुन आग्रह

Bizshala
रसुवा बाढीपछि राष्ट्रपतिको अपिल– उद्धार र राहतमा सबै पक्ष तत्काल जुटौं
New Office

 

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा र नुवाकोट क्षेत्रमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन सरकारसहित सबै पक्षलाई आग्रह गरेका छन्।

राष्ट्रपति पौडेलले सरकार, राजनीतिक दल, सामाजिक संघ–संस्था, सुरक्षा निकाय तथा आम नागरिकलाई विपद्को यस घडीमा समन्वय गर्दै उद्धार र राहतमा सक्रिय रूपमा जुट्न अनुरोध गरेका हुन्।

रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा बुधबार बिहान अकस्मात् आएको बाढीबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपति पौडेलले गहिरो दुःख व्यक्त गरेका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जोखिम न्यूनीकरणका कामलाई तत्काल प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले उपलब्ध सबै स्रोत–साधन परिचालन गरी प्रभावित नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याउन र आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रपतिले विपद्को संवेदनशील अवस्थामा राज्यका संयन्त्रसँगै राजनीतिक तथा सामाजिक क्षेत्रको समेत सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।

भोटेकोशीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न तटीय क्षेत्रमा क्षति पुर्‍याएको छ भने यसको प्रभाव त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा फैलिने जोखिमका कारण उच्च सतर्कता अपनाइएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.