रिलायन्स स्पिनिङ मिल्सको आईपीओ प्रकरण: क्रोनी पुँजीवादको ज्वलन्त उदाहरण
-रविन कँडेल नेपालको पुँजी बजारमा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ प्रकरणले वित्तीय आतंकवादको कुरूप अनुहारलाई स्पष्ट रूपमा उजागर गरेको छ। यो केवल एउटा कम्पनीको शेयर निष्कासनको कथा होइन, बरु शक्तिशाली व्यापारिक घराना, राजनीतिक संरक्षण र नियामक निकायहरूबीचको अपवित्र गठजोडको एक दर्दनाक प्रतिबिम्ब हो। गोल्यान ग्रुपअन्तर्गतको यो कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ...

