सिद्धार्थ बैंकका ग्राहकलाई र्याडिसन होटेलमा २०% सम्मको छुट
काठमाण्डौ । सिद्धार्थ बैंक र र्याडिसन होटेल (लाजिम्पाट, काठमाडौं) बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरुले लाजिम्पाटस्थित र्याडिसन होटेलमा बैंकका विभिन्न कार्डबाट भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।