काठमाण्डौ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई लाजिम्पाट, काठमाण्डौंस्थित र्याडिसन होटल,काठमाण्डौसँग होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ ।
एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ अफिसर रबिन्द्र ढकाल र मार्केटिङ म्यानेजर सबिन राणा तथा र्याडिसन होटल, काठमाण्डौका तर्फबाट निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाले हस्ताक्षर गरेका थिए ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरु मध्ये खाना, पेस्ट्री सप, ट्राङक्युलिटी स्पाका साथै र्याडिसन होटलले सञ्चालन गरेको विभिन्न रेस्टुरेन्टहरु बाट १० प्रतिशतदेखि २० प्रतिशतसम्म भुक्तानी छुट पाउनेछन् ।
र्याडिसन होटल,काठमाण्डौं एक अन्तराष्ट्रिय होटल चेन अन्तर्गत बिगतदुई दशकभन्दा बढि समय देखि नेपालको पर्यटकिय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिईरहेको एक पाँचतारे होटल हो ।
प्रभु बैंकले नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                