साउनमा पनि सुध्रिएन प्रभूको हालतः ६ अर्ब सञ्चित घाटा, २५ अर्ब कर्जा जोखिममा
काठमाण्डौ । अघिल्लो आर्थिक वर्षमा खराब कर्जाको भारी बोकेर अर्बभन्दा बढी खुद घाटामा गएको प्रभू बैंकले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ३२ करोड ९४ लाख रुपैयाँ खुद नाफा देखाएको छ। तर नाफाको यो अंकले बैंकको वित्तीय अवस्था सुध्रिएको निष्कर्ष निकाल्न मिल्ने आधार भने देखिँदैन।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनसम्मको बैंकिङ तथा वित्तीय तथ्याङ्कले प्रभू बैंकको...

