काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ६० हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरु वा अन्य जोसुकै व्यक्ति वा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड टेष्टको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्नेछ ।