काठमाण्डौ । काठमाण्डौस्थित ‘द सोल्टी होटेल ग्रुप’ र प्रभु बैंक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । जेठ १३ गतेका दिन भएको सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख बजार अधिकृत रबिन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सोल्टी होटेल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारीले समझौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौतापत्र हस्तान्तरण गरेका छन् ।
‘द सोल्टी होटेल ग्रुप’अन्तर्गत द सोल्टि होटेल एण्ड रिसोर्ट,सोल्टी वोष्टेण्ड प्रिमियर नेपालगञ्ज, सोल्टी वोष्टेण्ड इटहरी, सोल्टि वोष्टेण्ड रिसोर्ट चितवन, सोल्टी वोष्टेण्ड रिसोर्ट नगरकोट, मिथिला यात्री निवास जनकपुर सँग प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिए बापत विशेष छुट पाउने छन् ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले होटेल तथा रिसोर्टको सेवा तथा सुबिधा प्राप्त गर्नका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतिय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने छ । द सोल्टि होटेल ग्रुपको उल्लेखित होटेल तथा रिसोर्ट मार्फत उपलब्ध आवासतर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १५% छुट प्राप्त गर्न सकिनेछ ।
विगत ५ दशकभन्दा वढि देशको पर्यटन क्षेत्रमाद सोल्टि होटेल समुहले योगदान गर्दै आएको छ भने हाल सालै ‘बैंक अफ द इयर २०२३’ को उपाधी बाट सम्मानित प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटीएम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।